बुटवल
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राम्रोसँग घर व्यवहार चलाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले राम्रोसँग घर व्यवहार चलाउन सक्ने महिलाले देश चलाउन सक्ने बताएका छन ।
शनिबार बुटवलमा आयोजित अन्तरपार्टी महिला संजाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभामा बोल्दै खाँणले राम्रोसँग एउटा घर परिवार चलाउन सक्नेले देश चलाउन सक्ने बताएका हुन् ।
नेपाल महिला संघको नेतृत्वमा संगठित महिलाहरुको दवाबकै कारण २०४७ सालको संविधानमा निर्वाचनमा महिलाको सहभागिता सुनिष्चित गरिएको बताउदै खाँणले ०७२ सालको संविधानसम्म आइपुग्दा महिला सहभागिताको प्रतिसत थप बढेको बताए ।
मुलुकमा लोकतन्त्र स्थापना भएपछि राजनीतिक आन्दोलन सकिएको राजनीतिक दलका नेताहरुले महसुस गरे पनि वास्तवमा सो बुझाई सहि नभएको नेता खाँणको भनाई थियो ।
लोकतन्त्रको स्थापनापछि पहिचान र अधिकारप्राप्तिका आन्दोलन सुरु भएको भन्दै खाँणले लोकतन्त्र आन्दोलनको राजमार्ग भएको विचार व्यक्त गरे ।
अन्तरपार्टी महिला संजाल लुम्बिनी प्रदेश अध्यक्ष नारायणी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश अध्यक्ष लता खड्का,अन्तरपार्टी महिला संजाल प्रदेश सचिव सीता देवकोटा,कोषाध्यक्ष सरीता श्रीवास्तव,सदस्य पुष्पा श्रेष्ठ घिमिरे लगायतले महिला हिंसा लगायतका महिला अधिकारका लागि दलभन्दा माथि उठेर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।
साधारण सभाले संजालको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्