बुटवल । सञ्चारीका समुह लुम्बिनीको नबौ साधारण सभा सम्पन्न भएको छ । बुटवल – १४ स्थित मिलन पार्कमा एक कार्यक्रमको आयोजना गरी समुहले पत्रकार महिलाहरुको हितका पक्षमा काम गर्ने जनाईएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार एवम् सञ्चारिका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले संस्थालाई साझा संस्थाको रुपमा अघि बढाउँदै सक्रियताका साथ लाग्नुपर्ने बताईन्
उनले सम्पुर्ण सञ्चारकर्मी महिलाहरुले पत्रकारिता क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिदैँ समुहमा आबद्ध हुन चाहेका अन्य पत्रकार महिलाहरुलाई पनि सहभागी गराउन आग्रह समेत गरेकी थिईन् ।
समुहकी सल्लाहकार एवं नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालले समूहले पत्रकार महिलाहरुको लेखन क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गरिनुपर्नेमा जोड दिईन्।उनले समूहले समय समयमा उत्कृष्ट कार्यहरु गरेकोमा प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी थिईन् ।
समूहका अध्यक्ष निरा गौतमले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न संस्थाले तालिम एवम् सचेतनामुलक कार्यक्रमहरु गरिरहेको जानकारी गराईन् । उनले संस्थामा आर्थिक पार्दर्शिता आवश्यक रहेको उल्लेख गर्दै संस्थालाई आर्थिक रुपमा सबल बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सभामा कार्यबाहक महासचिव मीना पाण्डे ९अस्मिना० ले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै समूहले गरेका कार्य गतिविधीबारे जानकारी गराईन् ।कार्यबाहक कोषाध्यक्ष कल्पना डुम्रेले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् ।
सभा समूहका उपाध्यक्ष मिना ढकालको स्वागत तथा महासचिव बिन्दु थापा निहारीका को सञ्चालनमा सम्पन्न भएको हो । सभामा समूहका प्रदेश सदस्यद्धय उषा किरण पन्थ र रेनुका गिरी लगायत ३० जना पत्रकार महिलाहरु सहभागी थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्