काठमाडौँ – नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला दुई छिमेकी मुलुक चीन र भारतका राजदूतले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले सभापति देउवालँई भेटेका हुन् ।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै उनीहरुको सक्रियता बढेको हो । देउवासँग बुढानिलकण्ठमा भएको भेटका क्रममा दुई छिमेकी राजदूतले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको बताइन्छ ।
संसद विघटन गर्ने सरकारको कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गरिदिएपछि अहिले कांग्रेस सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ । यसअघि अब संसदमा गएर सहकार्य गर्नु पर्छ भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्