आज ३९ औं मगर स्थापना दिवस मनाइँदै

आज ३९ औं मगर स्थापना दिवस मनाइँदै

बुटवलको अस्पताल लाईनमा वृहत झाकृी, भेषभुषा सहितको कार्यक्रम आयोजना

बुटवल-आज देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले ३९ औं मगर स्थापना दिवस  मनाउँदैछन्  ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले  स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।

मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिनुभयो।

मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार  २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

यता नेपाल मगर संघ बुटवल समितिले आजमगर एकता दिवस मनाउदैछ ।एकता दिवसको अवसरमा बुटवलको अस्पताल लाईनमा वृहत झाकृी, भेषभुषा सहितको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रमलाई सम्बोधनका लागि केन्द्रीय संस्थापक अध्यक्ष सुर्य कुमार आले मगर आउने छन् । यस्तै सोही कार्यक्रममा विविसीको १०० औ जना महिलाको सूचीमा समावेश भएकी सपना रोका मगरलाई विशेष सम्मान कार्यक्रम समेत तय गरिएको नगर अध्यक्ष थर्क बहादुर बार घरे मगरले जानकारी दिए

प्रकाशित मिति : शनिबार, फाल्गुन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij