डिजिटल बैंकिङ्ग सेवा बिस्तार गर्दै साइन रेसुङ्गा बैंक

डिजिटल बैंकिङ्ग सेवा बिस्तार गर्दै साइन रेसुङ्गा बैंक

बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो ।

प्रविधिमैत्री बैंकिंङ्ग सेवा बिस्तार गर्ने उद्धेश्यले बैंकहरुले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् ।

यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरुलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड बितरण गरेको छ ।

बैंकले आज ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्युआर कोड बितरण गरेको हो ।

क्युआर कोड बितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुत्तानी प्रणाली सेवा बिस्तार गरेको बताउदै यो सेवा अन्य सेवाभन्दा सूरक्षीत रहेको बताए ।

एटिएम सेवा हुँदै विश्वमा मोवाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उहाँले ढिलो चाडो सबै यो सेवा मा जोडिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रवन्धक पबित्रा खनाल,हाटबजार व्यवसायी अर्जुन पाण्डे,रिक्सा ब्यवसायी संघ संकरनगरका अध्यक्ष अध्यक्ष रोमनाथ भण्डारी लगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वबारे आ आफ्नो भनाई राखेका थिए ।

केही दिनअघि रुपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणाली अन्तर्गत आज मात्रै ६० बढी ब्यवसायीलाइ क्युआर कोड बितरण गरिएको बैंकका बरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिए ।

 

प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij