कञ्चन -कञ्चन गाउपालिकामा फागुन २३ गते देखि २६ गते सम्मा ५५ बर्ष उमेर देखि माथीका र शिक्षकहरुलाई नोवल कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ। कोभिड १९ बाट बढी प्रभाबित हुने उमेर भएको जेष्ठ नागरिक र कोभिड १९ को जोखिम रहेर काम गर्ने बिधालयका शिक्षकहरुलाई प्राथमिकताको आधारमा खोप लगाइने भएको हो ।
कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमका अनुसार कञ्चनका ५५ बर्ष भन्दा माथीका सबै कञ्चनवासीहरुलाई र कोभिड १९ को जोखिम क्षेत्रमा कार्य गर्दै आइरहेका शिक्षक शिक्षिकाहरुलाई फागुन २३ गते देखि २६ गते सम्म सरकारको कार्यक्रम बमोजिम कोभिड १९ बिरुद्धको खोप लगाउन स्थानिय तहमै व्यबस्था गर्न लागिएको हो ।
कञ्चन गाउपालिका वडा नं. १ र २ का ५५ बर्ष भन्दा माथीका कञ्चनवासी र शिक्षक शिक्षिकाहरुले कञ्चन २ मा रहेको गजेडी स्वास्थ्य चौकीमा र वा नं. ३, ४ र ५ का ५५ बर्ष भन्दा माथीका कञ्चनवासी र शिक्षक शिक्षिकाहरुले रुद्रपुर स्वास्थ्य चौकीमा फागुन २३ गते २६ गते सम्म कोभिड १९ बिरुद्धको खोप लगाउने व्यबस्था गरिएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।
यस भन्दा अघि कोभिड १९ को संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षा कर्मी,जनप्रतिनीधि,कर्मचारी र पत्रकारहरुलाई पहिलो चरणको कोरोना भ्याक्सिन लगाइएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्