तिलोत्तमा -मानब कल्याण मित्र मञ्च नेपाल द्धारा नेपाली नारिका समस्या र समाधानका उपाय’भन्ने शिर्षक मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
तिलोत्तमा नगरपालिका भित्र रहेका समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको बिच प्रतियोगिता भएको थियो । प्रतियोगितामा शान्ति माविकी सृष्टि खरेल प्रथम, सेमरा माविकी प्रिया विक द्धितीय र भुल्के माविकी दिपिका पल्टी तृतीय भएका हुन ।
नगर उप प्रमुख जागेश्वारि चौधरीले आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दै गएको बताउनु भयो ।
उहाँले घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको र सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको बताउनु भयो।
कार्यक्रममा प्रवासी नेपाली मित्र मन्च भारतका उपाध्यक्ष सरस्वती भण्डारीमहासचिव रघुनाथ पाण्डे हाम्रो स्वाभिमान महिला विभाग अध्यक्ष अनिता ज्ञवाली, संरक्षक पुरुषोत्तम भट्टराई महिला विभाग अध्यक्ष पार्वती केसी, शान्ति नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई,प्रअ कुल प्रसाद लामिछाने ले शुभकामना दिनु भएको थियो।
मानब कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षता र मञ्चका सदस्य यादा क्षेत्री स्वागत संगै मञ्चका सचिव कविता पन्थीको संचलनमा भएको थियो ।
तिलोत्तमा नगरपालिका भित्रका शान्ति नमुना मावि, गौतम बुद्ध मावि, जनता मावि, सेमरा मावि, जनहित मावि, जनज्योती मावि , शंकरनगर दूर्गादत्त मावि, जनभावना मावि , गिवार्ण सरस्वती सस्कृत विद्यालय ,र भुलके माविका छात्रको प्रतियोगितामा सहभागीता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्