१ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस मा सचारकर्मी सहित विभिन्न क्षेत्र का महिला हरु लाई सम्मान

१ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस मा सचारकर्मी सहित विभिन्न क्षेत्र का महिला हरु लाई सम्मान

भैरहवा

१ सय ११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसर पारेर भैरहवा मा विभिन्न क्षेत्र मा सक्रिय महिला हरु लाई सम्मान गरिएको छ ।

१ सय ११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसर मा भैरहवा मा रहेको मायादेवी च्यारिटेबल फाउन्डेशन ले समाज मा विभिन्न क्षेत्र मा रहेर योगदान पुरयाएका महिला हरु लाई सम्मान गरिएको हो ।

सम्मनित हुने मा पत्रकारिता क्षेत्र बाट एभिन्युज खबर,र सिद्धार्थ एफ.एम. मा कार्यरत नेपाल प्रेस युनियन की सल्लाहकार पत्रकार शारदा मल्ल, कोभिड १९ संक्रमण को बेलामा चिकित्सा क्षेत्र बाट योगदान दिएका भीम अस्पताल भैरहवा की मेडिकल सुपरिटेन्डेन डाक्टर.शकुन्तला गुप्ता, समाज मा रहेका आर्थिक क्षेत्र मा पछाडी परेका महिला हरु लागी विभिन्न तालिम प्रदान गरी आर्थिक रुपमा सबल बनाउन भुमिका खेल्ने सक्षम साहरा बहु उद्धेश्यीय महिला समुह की अध्यक्ष शान्ता कंडेल लाई सम्मानपत्र र दोसल्ला बाट सम्मान गरिएको थियो ।
कार्यक्रम मा सिद्धार्थ उधोग वाणिज्य सघ की नव निर्वाचित सदस्य रचना क्षेत्री लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम मा सिद्धार्थनगर नगर पालिका का २ जना अपाङ्ग महिला लाई ह्वील चियर वितरण गरिएको थियो । भने महात्मा बुद्ध माध्यामिक विधालय पिपरहिया मा कक्षा ९र १० मा अध्ययनरत छात्रा हरु लाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सोही अवसर मा सिद्धार्थनगर का ३ जना आर्थिक अवस्था कमजोर भएका महिलाहरु लाई खाधान्न तथा नगद वितरण गरिएको थियो ।
कार्यक्रम मा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल का संचालक डाक्टर लुना अर्याल, भिम अस्पातल भैरहवा का मेडिकल सुपरिटेन्डेन डाक्टर शकुन्तला गुप्ता, सिद्धार्थ उधोग वाणिज्य सघ की सदस्य रचना क्षेत्री,राष्ट्रिय महिला आयोग का पुर्व सदस्य धनेश्वरी चौधरी,युवा नेता बि.एन. गुप्ता, विनोद खरेल,श्रवण पाण्डे,सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष मिलन बस्नेत , फाउन्डेशन का अध्यक्ष रबि कुमार रौनियार, डाईरेक्टर अनिता रौनियार लगायत ले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij