मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देहि द्धारा निशुल्क स्वास्थ्य चेकजाच तथा सचेतना कार्यक्रम सम्पन्न

मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देहि द्धारा निशुल्क स्वास्थ्य चेकजाच तथा सचेतना कार्यक्रम सम्पन्न

सैनामैना
१११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देहि शाखाले निशुल्क स्वास्थ्य चेकजाचं,महिला शसक्तिकरण तथा यौन हिंशा न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम आज सोमबार सम्पन्न गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर १मा रहको सैनामैना पर्रोहा परमेश्वर मा बी मा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालीका उपप्रमुख विना रानाले “महिलाहरूलाई आत्मनिर्भर , स्वारोजगार, आयमुलक, उधमी बनाउन नगरपालिकाले विभिन्न योजना बनाई कार्य गर्दै आईरहेको बताइन । महिलाहरु सुरक्षा, सम्मान र रोजगारको समान पहुचका लागि निरन्तर प्रयास गरेको खण्डमा महिला हिंसा न्युनिकरण हुने विश्वास व्यक्त गरीन ।महिलालाई घरपरिवारबाट नै साथ समर्थनको खाँचो रहेको बताउदै महिलाहरु शिक्षा, सीप, रोजगारी र समाजिक कार्यमा आफै अगाडी बढ्नुपर्ने बताइन ।”
त्यस्तै निमार्ण व्यबसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष मञ्जु भुषालले “अधिकारका निम्ति ऐन कानुन, निति नियम, ब्यवस्था बने पनि महिलाहरूको अवस्था फेरिन नसकेको बताइन । राज्यले महिलाहरुका लागि आर्थिक उपार्जन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिइन । जबसम्म महिलाहरु स्वरोजगार र आत्मनिर्भर बन्दैनन् तव सम्म महिला समानताका कुरा नारामा मात्र सिमित हुने हुदां परनिर्भर भएर होईन आत्मनिर्भर भएर बाच्नका लागि भए पनि महिलाहरु स्वआर्जनमा ध्यान दिनु बताइन। ”
कार्यक्रममा ग्रेस फार्मास्युटिकल्स र पाल्पा भैरब मेडिकल द्वारा आबस्यक औषधि तथा ग्लोबल सप्लार्यस र रेसुङ्गा हार्डवयरको आर्थिक सहायोगमा आम्दा हस्पिटलका बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. शशि शेखर झा र मेडिकल अफिसर डा. सुमिना जि.सी ले बिद्यालयका ९,१०,११,१२ मा अध्यनरत ६० जना छात्रा किशोरीहरूको स्वास्थ्य जाँच गरीकि थिन ।

बिद्यालयका शिक्षक, अभिभावक र बिद्यार्थी उपस्थित रहको कार्यक्रममा बिद्यार्थीहरुले घरेलु तथा महिला हिंशा र बाल बिभेद सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्का को अध्यक्षता, सरला नेपालको स्वागत मन्तब्य तथा बिद्यालयका शिक्षक सपना पुरिको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij