मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा निशुल्क पाठेघर तथा स्मेयर परिक्षण सम्पन्न

मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा निशुल्क पाठेघर तथा स्मेयर परिक्षण सम्पन्न

 

कपिलवस्तु

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले विपन्न महिलाको निशुल्क पाठेघर तथा प्याप स्मेयर परिक्षण गरेको छ । १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पतालको सहकार्यमा अति विपन्न परिवारका महिलाको निशुल्क पाठेघर तथा प्याप स्मेयर परिक्षण कार्य आज सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रिना नेपालले “महिलाहरु असुरक्षीत रहेको भन्दै महिला सुरक्षाका लागि अब राज्यले पनि विषेश निती लिनुपर्ने र भएका नीतिको कार्यन्वयन गर्नुपर्ने बताइन । कपिलवस्तुमा अझैपनि बाल बिबाहको समस्या रहेकाले बाल बिबाह न्यूनिकरणका लागि सबै एक हुनु पर्नेमा जोड दिइन । समाजका हानीकारक मुल्य मान्यतालाई हटाउन सरकारका तिनै तह र समाजमा सक्रिय संघ संस्थाले हातेमालो गर्ने हो भने हिशां न्युनिकरण हुन धेरै समय नलाग्ने बताइन ।”

यस्तै संस्थाकी जिल्ला सहसंयोजक देवकला सुबेदीले “लैंगिक हिंशा न्यूनिकरणका लागि धेरै कार्यक्रमहरु आयोजना गरे पनि पछिल्लो समय हिंशाका घटनाहरु भने बढ्दै गएको बताइन ।” उनले सरकारले गर्ने कार्यक्रमहरु ठुला होटल र अधिकार प्राप्त महिलाहरुका लागिका लागि मात्र सिमीत भएको भन्दै आफुहरुले नारी दिवसको अवसरमा कुनैपनि र्यालीको आयोजना नगरी विपन्न महिलालाई केहि सहज होस भनेर पाठेघर तथा स्मेयर परिक्षणको कार्यक्रम आयोजना गरिएको बताइन। बुहारी संयुक्त आवाज बुहारी मात्र नभइ पिडित महिला तथा वालबालिकाहरुको आवाज बोल्ने साझा संस्था भएको अब महिलाहरु हिंशा सहेर बस्ने होईन ,विभेद विरुद्ध आवाज उठाउन र स्वरोजगार ,आत्म निर्भर बन्न सबै महिलाहरुलाई आग्रह समेत गरिन।उक्त कार्यक्रममा ५७ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए ।
कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु अध्यक्ष चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुस्मा खाणको स्वागत मन्तब्य र अन्जु बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij