सरकारी उदासिनताले भ्रष्टाचार संस्थागत हुँदैछ: ट्रान्सपरेन्सी इन्रनेश्नल नेपालका अध्यक्ष प्रधानाङ्ग

सरकारी उदासिनताले भ्रष्टाचार संस्थागत हुँदैछ: ट्रान्सपरेन्सी इन्रनेश्नल नेपालका अध्यक्ष प्रधानाङ्ग

बुटवल

ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले नेपालमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन । फोनीज रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानाङ्गले सरकारी उदासिनताका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी हुन ।

संस्थागत हुँदै गएको भ्रष्टाचारको जालो तोड्न सरकार र नागरिक समाज गम्भिर भएर लाग्नु पर्नैमा उनले जोड दिइन । सरकारी उदासिनताकै कारण पछिल्लो एक दशक देखि मुलुक भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन नसकेको उनको भनाइ थियो । ‘टिआइ नेपालले भ्रष्टाचार कहाँ कहाँ छ देखाइदिने हो । तर सरकारी पक्षले तथ्याङ्क नै गलत भएको टिका टिप्पणी गरेको सुनिन्छ । त्यसले सरकार भ्रष्टाचार रोक्न उदासिन छ भन्ने प्रष्ट हुन्छ’ प्रधानाङ्गले भनीन । भुकम्प पछि दातृराष्ट्रबाट आएको सहयोगमा समेत भ्रष्टाचार भएको भन्दै उनले शिक्षा,स्वास्थ्य,रोजगार जस्ता अतिसंवेदनशिल क्षेत्रमा समेत भ्रष्टाचार मौलाउदै गएको बताइन ।

भ्रष्टाचार रोक्न सरकारसंगै आम नेपाली नागरिक पनि आ आफनो स्थानबाट लाग्नु पर्ने भन्दै उनले त्यसमा महिलाहरुको सक्रियता अझ बढ्नु पर्ने बताइन । आधा भन्दा धेरै जनसंख्या रहेका महिलाहरुलाइ पाखा राखेर भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले भ्रष्टाचार नियन्त्रणको अभियानमा जुटन आग्रह पनि गरीन । एकजना महिलाले आफनो घरमा आउने रकम भ्रष्टाचार बापतको हो की हैन भन्नेमा निगरानी गरेर भ्रष्टाचार बिरुद्धको अभियानलाइ साथ दिन सकिने प्रधानाङ्गले बताइन । कार्यक्रम फोनीज रुपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षता र उपाध्यक्ष दिपु मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पारदर्शी सरोकार समूह नेपाल बुटवलद्धारा प्रधानाङ्गलाइ सम्मान

यसैबिच पारदर्शी सरोकार समूह नेपाल बुटवलले ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गलाइ सोमबार सम्मान गरेको छ । योगीकुटीमा आयोजित एक काय्रकममा समुहका अध्यक्ष महेन्द्र पाण्डे,उपाध्यक्ष लालहरि पाण्डे,सचिव दिपक ढकाल,निर्वमान अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले सम्मानपत्रले प्रधानाङ्गलाइ सम्मान गर्दै सफल कार्यकालको सुभकामना दिए ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij