एमाले र माओवादीलाई आयोगले भन्यो : फेरि एकता गर्ने भए १५ दिनभित्र आउनू

एमाले र माओवादीलाई आयोगले भन्यो : फेरि एकता गर्ने भए १५ दिनभित्र आउनू

काठमाडौं
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले फेरि एकीकरणको लागि आउन पत्र काटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्।पत्रमा भनिएको छ, ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी– लेनिनवादी० र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बिपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ पन्ध्र दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई जानकारी गराउने।’

 

 

प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij