बुटवल
पश्चिम नेपाल बस व्यवसायी प्रालिको आशन्न निर्वाचनकालागि व्यवसायी पदम गाहको नेतृत्वमा प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको देशकै ठुलो वस व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस व्यवसायी प्रालिको फागनु २८ र २९ गते बुटवलमा अधिवेशन हुँदैछ । काँग्रेस निकटका व्यवसायीले प्रालिको आगामी कार्यकालकालागि मौजुदा समितिका संचालक तथा प्रवन्ध निर्देशक पदम गाहको नेतृत्वमा प्रजातान्त्रिक प्यानल खडा गरी उम्मेदवारी दिएका हुन ।
११ सदस्यीय संचालक समितिकालागि गाहाको प्यानलबाट सुरेन्द्र श्रेष्ठ,रमेशप्रसाद अधिकारी,नारायाणप्रसाद भण्डारी,कृष्णप्रसाद पाण्डे,रुकमागत पाण्डे (बिदुर) कृष्णप्रसाद वेलवासे,लालबहादुर शाह गुप्ता(एलजी)शोभाखर भण्डारी, प्रेम गौचन र दिपेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन ।
व्यवसायीले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा प्रालिका संचालक तथा पूर्व अध्यक्ष दामोदर ज्ञवालीले सहमतीको मोडल बनाएर सोही अनुरुप सहमतीको प्रयास गरेपनि अर्को पक्ष सहमतीमा नआएपछि चुनावमा होमिनु परेको बताए । एउटै व्यक्ति थुप्रै बर्षसम्म सस्थाको नेतृत्वमा बस्दा एकाधिकार बढेको भन्दै समग्र व्यवसायीको हितकालागि प्रजातान्त्रिक प्यानल बनाइएको उनले बताए । संचालक समितिका अर्का सदस्य तथा पूर्वअध्यक्ष चोपनारायण श्रेष्ठले कम्युनिष्ट सरकार आएपछि यातायात व्यवसायी झन प्रताडित हुनु परेको भन्दै व्यवसायीका समस्या समाधानकालािग प्रजातान्त्रिक प्यानलले जित्नु पर्ने बताए । आफुहरुले जिते यातायात क्षेत्र र व्यवसायीका समस्या समाधान हुने दावी गरे । प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष गाहालाइ बनाउने गरी ११ जनाले उम्मेदवारी दिएका हुन । अधिकाँस व्यवसायी अपाmुहरुको पक्षमा रहेकाले जितसुनिश्चित भएको दावी श्रेष्ठले गरे । संचालकमा उम्मेदवारी दिएका पदम गाहले अर्को पक्षले लामो समय नेतृत्व गरेपनि व्यवसायीको हितमा उपलब्धि मुलक काम गर्न नसकेको बताए । यसअघिको नेतृत्वले व्यवसायीका आँखामा आशु बाहेक केही दिन नसकेको भन्दै गाहले आफुले जितेर व्यवसायीका यावत समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । संचालकका उम्मेदवार कृष्णप्रसाद वेलवासेले यसअघि लामो समय संस्थाको नेतृत्व गरेका दधिराम खरेलले व्यवसायिक हक अधिकारको संरक्षण र रुट व्यवस्थापन गर्न नसकेको भन्दै आफुहरुले चुनाव जिते व्यवसायीको हक अधिकार संरक्षण गर्दै उचित रुट व्यवस्थापन गरी व्यवसायीलाइ राहतको अनुभूति गराउने गराउने बताए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्