बुटवल
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अहिले प्राप्त उपलब्धी च्यातेर देशलाइ निरकंशुता तर्फ धकेल्न खोज्ने शक्ति समाप्त भएर जाने बताएका छन । केपिशर्मा ओली प्रधानमन्त्री भएदेखि नै संविधान माथिको प्रहार सुरु भएको भएको भन्दै उनले संविधान च्यातेर अधिनायकबाद र सर्वसत्ताबाद र लाद्न खोज्नेहरु सिद्धिने बताएका हुन ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाइ आज बुटवलमा सम्बोधन गर्दै नेता खाँणले ओलीले प्रधानमन्त्री हुने बित्तिकै देखि बिभिन्न बिधेयक र अध्यादेश मार्फत देशमा निरकुंशता र सर्बसत्ताबाद लाद्न खोजेको बताए । ‘ओली प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी मिडीया बिधेयक ल्याए । संस्कृति माथि प्रहार गर्न गुठी बिधेयक, मानवअधिकार कुण्ठित हुनेगरी मानवअधिकार बिधेयक ल्याए । राष्ट्रिय सुरक्षा बिधेयक मार्फत द्ेशका सुरक्षा अगंहरुलाइ समेत नियन्त्रणमा लिने चेष्टा गरे’ नेता खाँणले भने । तर ओलीको सर्बसत्ताबाद र निरकुंशतालाइ नेपाली काँग्रेसले सफल हुन नदिने उनले बताए ।
पछिल्लो समय देशमा दुइवटा राजनीति धार बिच आन्दोलन चलीरहेको उनले बताए ।‘एउटा संविधानको रक्षा गर्ने र अर्को संविधानलाइ कुल्चिएर देशलाइ अधिनायकबाद लैजान खोज्ने शक्ति छ’ नेता खाँणले भने । ओली सरकार संविधान भङ्ग गर्ने खेलमा लागीरहेको र काँग्रेस सहितका अन्य केही दल संविधानको रक्षार्थ आन्दोलित रहेको बताए ।
‘नक्कली मयुरले सिंहदरबारमा बसेर जनता झुक्काइ रहेछ । असली मयुर फाँटमा छ । जनताले असली र नक्कली छुट्याउनु पर्ने आश्वयक छ’ पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले भने । संविधानको हत्या गर्न खोज्ने शक्तिलाइ परास्त गर्दै देशलाइ सहि निकास दिने कार्यमा नेपाली काँग्रेसले नेतृत्व गर्ने उनले बताए । नेपालको राजनीतिमा लागेको कालो बादल केही दिनमा हटेर चाँदीको घेरा देखिने नेता खाँणले आश्वासन दिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्