बुटवल
पश्चिम नेपालकै सबैभन्दा पुरानो सामाजिक संस्था लायन्स क्लब बुटवल, लायनेश क्लब बुटवल र लियो क्लब बुटवलको संयुक्त आयोजनामा वृहत रक्तदान गरिएको छ ।
तिलोत्तमा नगरपालिका स्थित टाइगर प्यालेस रिसोर्टमा रत्तदान भएको हो । “हामी सेवा गर्छाैं” भन्ने मुल मन्त्रको आत्मसात गर्दै बिगत ३८ बर्ष देखि सामाजिक क्षेत्रमा योगदान पुराउँदै आएको छ । रगतको अभावले गर्दा कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान गरिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले जानकारीदिए ।
कार्यक्रममा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले पवित्र उद्देश्यले लायन्सले नियमित योजना अनुसार ९०÷९० दिनको फरक पारेर रक्तदान कार्यक्रम गर्न सक्ने बताए । नगर प्रमुख घिमिरेले बोल्दै सामाजिक सेवामा लायन्स तथा समाजिक क्लवहरुको योगदान उच्च रहेको बताए । सामाजिक सेवा भावले स्थापना गरिएका क्लवहरुले नियमित रुपमा सामाजिक क्षेत्रमा काम गरेर समाजमा उदाहरणीय बन्नका लागि समेत उनले सुझाए ।
कार्यक्रममा डिष्ट्रिक एडभाइजर अर्जुनमा सैंजु, लायन्स आँखा अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, डिष्ट्रिक डिपाटमेन्ट मेम्बर नरेश कुमार श्रेष्ठ, पूर्व अध्यक्षद्वय निर्मल लाकोल, ज्ञानेन्द्र कसजु, टाइगर प्यालेस रिसोर्टका महा–प्रबन्धक लक्ष्मण थापा, लायनेश क्लबका अध्यक्ष मिश्रा श्रेष्ठ, लियो अध्यक्ष हिमाल भुसाल लगायतले बोलेका थिए ।
बुटवल रक्तसन्चार केन्द्रका वारिस अलि खानको मेडिकल टिमले रगत संकलन गरेको थियो । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ टाइगर रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय १ पोइन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक उमेश अमात्यले बताए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्