काठमाडौँ ।
नेकपा एमाले माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णयको विरुद्धमा कार्यदिशा तय गर्न आगामी चैत ४ र ५ गते राजधानीमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। शनिबार राजधानीको एक होटलमा सांसदसमेत रहेका केन्द्रीयहरुको भेलाले उक्त निर्णय गरेको हो।
उक्त भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई डाकिएको छ। भेलामा करिब तीन हजारको सहभागीता हुने नेता भीम रावलले दावी गरे। शनिबारको भेलामा ओलीले शुक्रबार चालेका कदमलाई अवैधानिक ठहर गर्दै त्यो तत्काल सच्याउनुपर्ने माग पनि गरेको छ। रावलका अनुसार पार्टीको विधान संशोधन गर्न महाधिवेशन आवश्यक छ। अधिवेशन नै सम्पन्न नगरी ओलीले गरेको निर्णय विधिसम्मत छैन।
आजको भेलाले पार्टीका कमिटी र जनवर्गिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको छ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्