चितुवाको छाला र हड्डीसहित चार पक्राउ

चितुवाको छाला र हड्डीसहित चार पक्राउ

दाङ ।
बाँकेमा चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का ५० वर्षीय गंगबहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख जिल्लाको भगवती गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नं. ४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई प्रहरीले आइतबार बेलुका ६ बजेतिर कोहलपुर– सुर्खेत सडक खण्डबाट पक्राउ गरेको हो।
चिसापानीबाट कोहलपुरतर्फ पैदल हिँडिरहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा खानतलासी गर्दा जयलाल नेपालीको साथबाट चितुवाको छाला र गंगबहादुर खत्रीले बोकेको प्लाष्टिको बोराबाट २ केजी ५ सय ग्राम बाघको जस्तो हड्डी बरामद भएको प्रहरीले जनाएको छ।

बरामद भएका सामग्री र पक्राउ गरिएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइने प्रहरीले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम यस्तो कसूर गर्ने व्यक्तिलाई एक लाखदेखि २५ लाखसम्म आर्थिक जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुन सक्ने व्यवस्था छ।

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij