नेपाल कम्युनिष्ट पार्टि निम्ने बेलाको दियो जस्तै हो:प्रमुख सचेतक खाण

नेपाल कम्युनिष्ट पार्टि निम्ने बेलाको दियो जस्तै हो:प्रमुख सचेतक खाण

रुपन्देही

नेपाली कांग्रेस केन्द्रिय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज देखी भैरहवामा सुरु भएको छ । दुइ दिन सम्म चल्ने
प्रदेश स्तरीय प्रशिक्षणको सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाणले कम्युनिष्टहरु लोकतन्त्र चाहादैनन नेपालमा कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको बताएका छन ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला भैरहवामा भएको प्रशिक्षणको उद्घाटन समारोह मा बोल्दै नेता खाणले नेपाल कम्युनिष्ट पार्टि निम्ने बेलाको दियो जस्तै भएको बताए।

No description available.
प्रमुख सचेतक खाणले सरकारले जारी गरेका अध्यादेशलाई विधेयककै रूपमा संसदमा अगाडि बढाउनु पर्ने बताए।जति सुकै उज्यालो र शक्तिसाली देखिए पनि कम्युनिष्ट निभ्ने बेलाको दियो हो खाणले भने।
महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य डिना उपाध्यायले विश्वका महिला र नेपालका महिला कहा छन यसको लेखा जोखा गर्न पर्ने बेला आएको बताइन।नेपाली कांग्रेस महिला आयोगले महिलालाई पर्ने हरेक आवाज लाई नेपालको मुलुकियन मा दोश्रो दर्जामा राखिएको थियो त्यसको अत्य भो अधिकार विहिन भएका आवाजलाई मुलुकको संविधानले एक तिहाई महिलाको सहभागीता गराउने कुरा संविधान मा उठेको छ ।त्यो लागु गराउन हामि अब गाउ तह देखि हरेक ठाउमा महिला सक्रिय हुन जरुरि छ।उनले भनिन नेपाली कांग्रेस पार्टीले महिला अधिकारको कुरालाई साथ दिएको छ।

No description available.
अब एक तिहाई महिलाको सहभागी लाई पार्टिले एकता गरेर हरेक तहमा महिलाहरुलाई जिम्मेवार थपिदिनु पर्ने अब नेपाली कांग्रेसमा जिम्मेवारी थपिएको बताइन।
संगठन विभाग महिला केन्द्रले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य किशोर राठोर,देवेन्द्र राज कंडेल, लेखा समिति संयोजक भरत शाहा ,लुम्बिनि प्रदेश संसद निर्मला के सि,पुष्पा थरुनी, रिना नेपाल, माला गोतामे,रुन्दावति शर्मा कोदार,गण्डकी प्रदेश प्रमुख सचेतक ओम कला गौतम,संसद ललित कला गुरुङ,रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक ,दाङ जिल्ला सभापति कृर्ति बहादुर खड्का,नवलपरासि जिल्ला सभापति बिष्णु पालिनन्द गाउपालिका उप मेयर पवित्रा पौडेलले लगाएतले शुभकामना दिएका थिए।नेपाली कांग्रेस केन्द्रिय महिला विभागको संयोजक ईश्वरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महिला विभागका सदस्य बिमला गैरेको स्वागत संगै केन्द्रिय महिला विभागका सचिव लक्ष्मी खतिवडाको संचालनमा प्रशिक्षण को उद्घाटन समारोह सम्पन्न भएको थियो ।

No description available.

प्रकाशित मिति : बुधबार, चैत्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij