रुपन्देही सेवा समाज इजरायलद्वारा रुपन्देहीमा राहात बितरण

रुपन्देही सेवा समाज इजरायलद्वारा रुपन्देहीमा राहात बितरण

रुपन्देही
रुपन्देहीका दर्जनौं गरिब तथा विपन्न परिवारहरुलाई रूपन्देही सेवा समाज परिवार इजरायलले खाद्यान्न लगायतका सामग्री सहयोग गर्दै आएको खाद्यान्न सहयोग का संयोजक रूपन्देही सेवा समाज परिवार इजरायलका वरिष्ट सल्लाहकार राजेन्द्र खनालले जानकारी दिएका छन।
खाद्यान्न वितरण गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्ला सचिव राम कृष्ण खाणले सरकारी राहत कुरेर बसेका गरिब तथा विपन्न परिवारहरुलाई रूपन्देही सेवा समाज परिवार इजरायलले खाद्यान्न सहयोग गरेर सह्रनीय काम गरेको बताए ।
वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेको पनि अबस्था छ ।
यसैकारण विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल९सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्म हुनसक्छ । त्यसैले रोजगारमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनु पर्ने बताए ।
आफुले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।
यो भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य र्कोर्नुस् सके देशमै काम गर्नुस्, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्छ ।
सिकेको सीपले तपाईंलाई सँधै बलियो बनाएर राख्नेछ खाणले भने।
विदेशमा कमाएर आफ्नो कमाईको केहि रकम जम्मा गरि सो देशका नागरिक लाई विभिन्न गाउँ गाउ पुगेर खाद्यान्न सामग्री वितरण सहयोग गर्नु भएकोमा रूपन्देही सेवा समाज परिवार इजरायल प्रति आभार प्रकट गरे।
रूपन्देही सेवा समाज परिवार इजरायलका अध्यक्ष इश्वरी पौडेल र वरिष्ट सल्लाहकार राजेन्द्र खनालको सम्मन्वयनमा रुपन्देहीको बुटवल उप महानगरपालिक, तिलोत्तमा नगरपालिका सिद्धार्थ नगरपालिका ,देवदह नगरपालिका मायादेवि गाँउपालिका,ओमसतिया गाँउपालिका सियारि गाउपालिका,सुद्धोधन गाउपालिका,समरिमाई गाउपालिका, कन्चन गाउपालिकामा रहेका ५०० भन्दा बढी घुरधुरी गरिब तथा विपन्नहरुलाई चामल, दाल, आलु, खाने तेल, नुन , लगायतका सामग्री वितरण गरिदै आएको खाद्यान्न सामग्री सहयोगकर्ता पत्रकार कमला पाण्डेले जानकारी दिए।
लम्बिँदै गरेको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको देखेपछि केही भएपनि सहयोग गर्ने उद्देश्यले रूपन्देही सेवा समाज परिवार इजरायलका अध्यक्ष इश्वरी पौडेल,उपाध्यक्ष सिता भूषाल ,उपाध्यक्ष सम्झना दुबे महासचिव,कृष्ण खरेल, सचिबस् ऋतु पौडेल कोषाध्यक्ष रिता पौडेल सह कोषाध्यक्ष राधा घले,प्रबक्ता रमा नेपाल, सांस्कृतिक आनुसाशन बिभाग प्रमुखस् प्रतीक कुँवर, संगठन बिभाग प्रमुख गणेश पौडेल सदस्यहरु नानु घले,रमेश पौडेल,सिता भंडारी ,चिरंजिबी आले ,संरक्षक संयोजक बिशाल ज्ञवाली,प्रमुख सल्लाकार लक्ष्मीधर गौतम,वरिष्ठ सल्लाकार राजेन्द्र खानाल,सल्लाकार बिकाश थापा,सल्लाकार सशी पौडेल,सल्लाकार सरिता सुबेदी,मिडिया बिभाग प्रमुख देब बास्कोटा ,रुपन्देही बसोवास गर्दै आउनु भएको पुर्व यस सस्थाका सदस्य यसोदा पौडेल,रुमा खनाल,नारन पोखरेल लगाएतको सहयोगमा राहत वितरण गरिएको हो।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij