नेपाल-खनाल केन्द्रीय कमिटी बैठकको निष्कर्षः फागुन २८ का निर्णय खारेज नभए ओलीसँग सहमति नहुने

नेपाल-खनाल केन्द्रीय कमिटी बैठकको निष्कर्षः फागुन २८ का निर्णय खारेज नभए ओलीसँग सहमति नहुने

काठमाडौँ ।
नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरुले हालसम्म लिएका अडान कायमै राख्ने तर पार्टीको संसदीय दलको बैठकमा जाने औपचारिक निर्णय गरेको छ।
बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान उल्लंघन गरी विभिन्न निर्णय गरेको र ती निर्णयहरु खारेज नभएसम्म ओलीसँग सहमति नहुने निष्कर्ष निकालेको हो।
केद्रीय सदस्य रचना खड्काका अनुसार पार्टी विधान बमोजिम ओलीले तत्काल पोलिटब्यूरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडान पनि कायमै राखेको छ।
उनले भनिन्, ‘पार्टी अध्यक्षबाट एकपछि अर्को गर्दै विधान उल्लंघन भएको छ। त्यो नसच्चिएसम्म सहमतिको सम्भावना छैन। हाम्रो अडान त्यही नै हो। आजको बैठकबाट अझ हामी आफ्नो अडानमा दृढ भएका छौँ।’
‌‌‌ओलीले शुक्रबार तीन बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्। जहाँ माधवकुमार नेपाल भने सहभागी नहुने भएका छन्।
उनले ओलीले संसदीय दल वा अन्त कतै बैठक नगरी आफ्नो निवासमा गरेकोले उक्त बैठकमा सहभागी नहुने बताइसकेका छन्। तर अन्य सांसदहरु भने संसदीय दलको बैठकमा जाने नेपालको भनाइ छ।
बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि नजाने भएका छन्।
नेपाल–खनाल पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने, अर्थात नेकपा एकता हुनुभन्दा अगाडिको अवस्थामा फर्किएर पार्टीले आफ्ना काम कारबाही अगाडि बढाउनु पर्ने माग गरेको छ।
तर ओ‌लीले फागुन २८ गते गरेका निर्णयहरु खारेज नहुने घोषणा गरिसकेका छन्। फागुन २८ मा ओलीले नेपाल–खनाल पक्षको सहभागीता बिना नेपाल–खनाल पक्षका पदाधिकारी हेरफेर गर्नुका साथै केन्द्रीय कमिटी विस्तार गर्ने निर्णयसमेत गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, चैत्र १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij