होली खेल्दा सुरक्षीत हुनु आवश्यक छ ,सुरक्षीत हुने कसरीे त ?

होली खेल्दा सुरक्षीत हुनु आवश्यक छ ,सुरक्षीत हुने कसरीे त ?

रङ जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ :डा. अस्मिता केसी

बुटवल

आज तराई र मधेस क्षेत्रमा धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली पर्व मनाइँदैछ हिजो पहाडी जिल्लाहरुमा होली मनाइएको थियो ।
होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबीर लगाएर मनाइँदै छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।
होलीमा दलिने कुनै कुनै रगहले हाम्रो अनुहारलाइ असर गर्ने पनि सक्छ ।अनुहारमा विभिन्न केमिकलयुक्त पेन्टहरु दल्नुलाई धेरै जसोले सामान्य रुपमा लिने गरेको पाइन्छ। किनकी यो रंगको पर्व हो ।

तर चिकित्सकहरु भने होली खेल्दा सावधानी पूर्वक खेल्न अनुरोध गर्दै आएका छन्। उनीहरुका अनुसार रंगहरुको यो पर्वमा सामान्य कुरामा ख्याल नगर्दा स्वास्थ्य ठूलै समस्या झेल्नु पर्ने समेत हुन सक्छ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा .अस्मिता केसी का अनुसार पछिल्लो समय प्रयोग गरिने रंगहरुमा अत्यधिक मात्रामा ‘केमिकल’ पाइने गरेका छन्। त्यस्ता केमिकलयुक्त रंगका प्रयोगले मानिसको छालालाई असर पुर्‍याउनुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वातावरणलाई समेत असर गरिरहेको हुन्छ।

उनले भनिन्,‘होली रंगको पर्व भएकाले विभिन्न प्रकारका रंगहरुको प्रयोग गरेर मनाइँन्छ। होलीका लागि पछिल्लो समय प्रयोग गरिने रंगहरु धेरै केमिकलयुक्त भएको पाइन्छ। यस्तो रंगहरुले छालामा विभिन्न असर पार्ने गर्छ।’

परापूर्वकालमा होलीमा प्राकृतिक रंगहरुको प्रयोग धेरै हुने गरे पनि पछिल्लो सयम धेरै रसायन मिसिएका रंगहरुको प्रयोग धेरै भइरहेको डा. केसी बताउछिन ।

‘रंगले छालामा कस्तो असर पर्छ भन्दा पनि पहिला हामीले कुन–कुन रंगमा के–के केमिकल हुन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ। सबैभन्दा धेरै प्रयोग गर्ने रातो रंग हो। जसमा मर्करी सल्फाइड ‘केमिकल’ धेरै प्रयोग गरिए हुँदा यसले छालालाई मात्र नभएर भित्री अङ्गहरुलाई समेत असर गर्ने गर्छ। कालो रंगमा लेड अक्साइड, निलो र हरियो रंगमा कपरसल्फेट हुन्छ। यी रंगभन्दा पनि अझ धेरै टल्किने रंगहरु छालाका लागि खतरानाक मानिन्छन्। यस्ता रंगहरुमा माइका, सिलिका जस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ।’

यस्तै उनका अनुसार रमाइलो गर्ने क्रममा रङ जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।

‘बजारमा पाइने ‘केमिकलयुक्त’ रङहरुको साटो प्राकृतिक रंगहरुको प्रयोग गर्नुस्। डा केसी भन्छिन् , ‘रंग खेल्नुभन्दा पहिला शरीरमा तेल, मोस्चराइजर, सनस्क्रिम लगाउनु पर्दछ। यसो गर्दा रंगले प्रत्येक्ष रुपमा पुर्‍याउने असरबाट बच्न सकिन्छ। रंग खेलिरहँदा छाला पूर्णरुपमा सुरक्षित राख्न सकिँदैन। तर कम गर्न सकिन्छ। यसका लागि केहिबेर होली खेलेर नुहाउनु नै हो।’

विशेषगरी सानो बालबालिका र गर्भवतीको छाला सेन्सेटिभ हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ख्याल राख्नु पर्ने उनी बताउँछिन्।

यस्तै डा केसी अनुसार रंग धुँदा कहिल्यै पनि बेस्सरी रगडेर धुनु हुँदैन। कडा साबुन, डिटर्जेन्टको प्रयोग गर्नु हुँदैन। रंग दुई तीन दिनमा आफै जाने भएका कारण रंग फाल्नका लागि बल लगाएर जोडले रगड्ने काम गर्नु हुँदैन।

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij