काठमाडौं -महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मपुरबाट घाँस काट्न जाँदा सम्पर्कविहीन भएका ७ बालिका/किशोरी भारतमा भेटिएका छन् । मंगलबारदेखि सम्पर्कविहीन भएका उनीहरु भारत, विहारको सीतामढीमा भेटिएका हुन् ।
उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए । उनका अनुसार सबै बालिका किशोरी सकुशल छन् ।
मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका उनीहरू फर्किएका थिएनन् । ‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ,’ प्रजिअ भट्टराईले भने, ‘त्यसपछि उनीहरूलाई घर-परिवारको जिम्मा लगाइन्छ ।’
सम्पर्कविहीन हुनेमा १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्