दोलखामा जिप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु

दोलखामा जिप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु

काठमाडौँ – दोलखाको बिगु गाउँपालिकामा जिप दुर्घटाना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राती करिब ११ बजेतिर गाउँपालिका-४, सिँगटी नजिकै सडकबाट खसेको हो । दुर्घटनामा परी बिगु-३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्को मृत्यु भएको हो ।

मृतक सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार दुर्घटनाका घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । क्षमताभन्दा बढी यात्रु बोकेको जिपले घुम्ती काट्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij