चौपारी टोल विकास संस्थाद्धारा स्वास्थ उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता

चौपारी टोल विकास संस्थाद्धारा स्वास्थ उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता

बुटवल – बुटवल उपमहानगरपालिका ११ चौपारी टोल विकास संस्थाले टोलवासीको स्वास्थ उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता गरेको छ ।

अति विपन्नलाई निशुल्क र शुल्क तिर्न सक्नेलाई भारी छुटमा स्वास्थ्य परिक्षणको लागि सम्झौता गरिएको टोल विका संस्थाका संस्थापक अर्जुन कुंवरले जानकारी दिए । बुटवलको जिनोमिक डायग्नोस्टिक ल्याब्रोटरी प्रालिसग स्वास्थ्य परिक्षणको लागि सम्झौता भएको हो । उक्त सम्झौता मंगलवार एक समारोहका विच गरिएको हो ।सो अवसरमा नया वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको थियोे ।

कार्यक्रममा लुम्विनी वाणिज्य क्याम्पसका प्रमुख तारा प्रसाद उपाध्यायले टोल विकास संस्थाले गरेको काम निकै रचनात्मक भएको बताए । उनले टोलवासीको स्वास्थ्यलाई ध्यानमा दिएर गरिएको कार्य अरुको लागि पनि अनुकरणीय भएको बताए ।

संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अर्जुन कुवर,जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रलि का प्रवन्ध निदेशक रमेश पाण्डे , संस्थाका उपध्यक्ष गणेश सापकोटा ,सचिव नारायण रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, चैत्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij