बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन

बुटवल उद्योग बाणिज्य संघमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन

 

बुटवल -बुटवल उद्योग बाणिज्य संघमा गठित गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन गरिएको छ । संघको वार्षिक साधारण सभा तथा अधिवेशन पछि अलिम दिन मियाँको सभापतित्वमा गिफ्ट तथा कस्मेटिक बस्तुगत समिति गठन गरिएको हो । शुक्रबार संघको सभाहलमा भएको बस्तुगत समिति सम्वद्ध सदस्यहरुको भेलाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपसभापतिमा विष्णु उपाध्याय र प्रकाश पौडेल, सचिवमा सन्तोष नेपाल, कोषाधयक्षमा नरसिंहप्रसाद कान्दुलाई चयन गरिएको छ । त्यस्तैगरी सदस्यहरुमा महेन्द्र पौडेल, जनककुमार श्रेष्ठ, टिका पौडेल, जमाल खान, परमानन्द पन्त, सन्तोष अग्रहरी, नवराज पाण्डे र हसन्तमान सिमांगैडालाई चयन गरिएको छ । त्यस्तै निवर्तमान सभापति अब्दुल सलामतलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले व्यबसायिक समस्या पहिचान र ती समस्या समाधानको लागि मार्गचित्र प्रस्तुत गर्न तथा सम्भावित अस्वस्थ्य प्रतिस्पर्धा हुन नदिनको लागि भूमिका खेल्न समेत आग्रह गर्नुभयो ।

त्यस्तैगरी संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ बस्तुगत समिति संघको एउटा अंग भएको र संघलाई सहयोग पुग्नेगरि काम गर्न आग्रह गर्नुभयो । संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, कार्यसमिति सदस्य तथा समन्वयकर्ता मोहम्मद जमिल खान, समितिका निवर्तमान सभापति अब्दुल सलामत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij