फेरि थपिए थप ७ सय ६८ जना कोरोना संक्रमित, पाँच जनाले ज्यान गुमाए

फेरि थपिए थप ७ सय ६८ जना कोरोना संक्रमित, पाँच जनाले ज्यान गुमाए

काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५३ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै ६ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा सङ्क्रमण देखिएको छ । एन्टीजेन सहित पछिल्लो २४ घण्टामा आठ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा दुई लाख ८३ हजार ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७५ पुगेको छ । अहिले नेपालमा ५५ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij