बुटवल, ३० बैशाख । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीलाई आर्थिक तथा स्वास्थ्य सामाग्रि सहयोग प्रदान गरेको छ ।
कोरोना भाईरसबाट पत्रकार समेत संक्रमित भएपछि महासंघ रुपन्देहीले स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा बुटवल उद्योग बाणिज्य संघले २५ हजार १०१ रुपैंया नगद तथा २६ हजार १२५ रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामाग्रि सहित ५२ हजार २२६ रुपैंया सहयोग गरेको हो ।
उक्त सहयोग बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष कसजूले कोरोना भाईरस महामारीका बिच पनि फ्रन्टलाईनमा खटिने पत्रकारलाई संघले सक्दो सहयोग गरिएको बताउनु भयो ।
त्यस्तैगरी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले उद्योग बाणिज्य संघले गरेको सहयोग प्रति आभार सहित धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा पनि संघ र महासंघ बिच निरन्तर सहयोग आदान प्रदान रहिरहने आशा र विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्