बुटवल । रुपन्देहीमा थप ५१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर परीक्षण गर्दा ५ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकाका रहेका छन् । तिलोत्तमा १६५ जना संक्रमित थपिएका हुन । त्यस्तै बुटवल उपमहानगरपालिकामा १ सय ५४, सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना, सैनामैना नगरपालिकामा ३० जना, ओमसतिया गाउँपालिकामा १० जना, कन्चन गाउँपालिकामा १६ जना, मायादेवी गाउँपालिकामा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा ६ जना, कोटहीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
रुपन्देहीमा रुपन्देहीमा कोरोना संक्रमितको संख्या २१ हजार ५३९ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४०८ जना पुगेको छ ।
यस्तै, रुपन्देहीमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्