महासंघको आपतकालीन कोषमा शोभा लक्ष्मी ट्रष्टद्धारा सहयोग हस्तान्तरण

महासंघको आपतकालीन कोषमा शोभा लक्ष्मी ट्रष्टद्धारा सहयोग हस्तान्तरण

 

बुटवल-नेपाल पत्रकार महासंघ रुपन्देहीले संचालन गरेको “ पत्रकार कोरोना तथा आपतकालीन कोषमा” शोभा लक्ष्मी ट्रष्टले नगद रकम सहित स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । कोरोनाको माहामारीका बिचमा पनि संचारकर्मिले फ्रन्टलाईनमा रहेरे जनतालाई सु–सुचित गर्ने दायित्व बाट पछि नहटी कार्य गरी रहेकोले महासंघको कोषमा सहयोग गरिएको ट्रष्टका अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठले बताए । ट्रष्टको तर्फबाट आज बुटवलमा महाँसघका अध्यक्ष रामराज पोख्रेल तथा उपाध्यक्ष विश्वास ढकाललाई संयुक्त रुपमा नगद २५ हजार एक सय रुपैया तथा मास्क र सेनिटाइजर सहयोग गरिएको श्रेष्ठले बताए । बुटवलमा रहेर व्यवसाय गर्दै आएकाा युवा व्यवसायी तथा समाजसेवी श्रेष्ठले वि.स. २०७४ सालमा दिदिको देहवसान पछि दिदिको नाममा शोभा लक्ष्मी ट्रष्टको स्थापना गरी विभिन्न सामाजीक सेवाका काम गर्दै आएका छन । उनले विगतका बर्षहरुमा दिदिले शैक्षिक अध्ययन गरेको पर्वत, गुल्मी र स्याङजाको संगम स्थल सेतिबेनिमा अवस्थित शालिग्राम माध्यमिक विद्यालयमा ट्रष्टको तर्फबाट सहयोग गर्दै आएकोमा यस पटक पत्रकार महाँसघको आपतकालीन कोषमा सहयोग गरेको र आगामी दिनमा पनि ट्रष्टको तर्फबाट सहयोग जारी रहने उल्लेख गरे । आपतकालीन कोषको लागी सहयोग रकम ग्रहण गर्दै महाँसघका अध्यक्ष पोख्रेलले कोषमा जम्मा हुन आएको सहयोग रकमलाई सही मापदण्ड बनाएर उपचार तथा कोरोना प्रभावित पत्रकारको लागि राहत प्रदान गरिने बताए । महाँसघले संचालन गरेको कोरोना तथा आपतकालीन कोषमा विभिन्न व्यवसायी, सामाजीक संघ सस्था, पत्रकार तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त भैरहेको उपाध्यक्ष विश्वास ढकालले बताए । पत्रकार महासँघ रुपन्देहीले संचालन गरेको पत्रकार कोरोना तथा आपतकालीन कोषका लागी शाइन रेसुङ्गा डेभलप्मेन्ट बैकको खाता नम्बर ००१००१०००५०३३०००००१ संचालन गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij