बुटवल ।
प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक, पार्टीका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराएका हुन।
काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराएका हुन। नेता खाँणले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रि नेपाली कांग्रेस शुद्धोधन गाउपालिमा सभापति शेर बहादुर काफ्ले ,महासमित सदस्य बिष्णु प्रसाद बस्याल, जिल्ला सदस्य शिवराम न्यौपाने ,प्रदेश सभापति कृष्ण बहादुर बिष्ट लगायत संस्थामा पुगेर हस्तान्तरण गरेका थिए ।
नेता खाँणले उपलब्ध गराउनु भएको पिपिई सेट, मास्क, सेनिटाईजर, ग्लब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि रुपन्देही प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीलाई प्रदान गरिएको नेपाली काँग्रेस शुद्धोधन गाँउपालिका सभापति शेर बहादुर काफ्लेले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्