बुटवल पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । नवलपरासी पश्चिममा भएको तनावमा प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले पुष्टि गरे । उनकाअनुसार जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषणा गरिएको हो।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्