ANTA ले अस्पतालहरुमा निशुल्क खाना खुवाउदैं

ANTA ले अस्पतालहरुमा निशुल्क खाना खुवाउदैं

कपिलवस्तु – आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ । काेविड संक्रमणकाे अवस्थामा निशुल्क खाना नास्ताकाे व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तरफबाट फुड किचनलाई पचास हजार र अस्पताल लाई एकलाख बराबरकाे स्वास्थ्य सामग्री सहयाेग गर्नुभयाे ।

त्यस्तै चन्द्राैटाका व्यापारी एवं समाजसेवी विजय जयसवाल ज्युले एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले एकाउन्न सयकाे आर्थिक सहायता दिने जानकारी दिनुभएकाे छ । हाल ताैलिहवाकाे जिल्ला अस्पतालमा पनि निशुल्क खाना र नास्ता वितरण संचालन गरिरहेकाे छ। कपिलवस्तु नगरपालिकाकाे सहकार्यमा फुड किचन संचालन गरिएकाे माहुरी हाेमका अध्यक्ष तथा साझा प्रयास अभियनका संयाेजक रवि ठाकुर ले बताउनुभयाे । काेराेना संक्रमणका कारण हाेटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदा बिरामीहरु खुशि भएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरी बताउँछन् ।

उनले ANTA संस्थालाई धन्यवाद दिदै सहयाेगी सबै याे विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुराेध गर्नुभएकाे छ । हाल संचालनमा रहेका फुड बिचनहरुले बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरेकाे छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij