रुपन्देहीमा १४७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमितको मृत्यु

रुपन्देहीमा १४७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा एक सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा पाँच सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा १६ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । बाँकी १४ जनाको अघिल्ला दिनहरुमा मृत्यु भएपनि सोमबारमात्रै तथ्याङ्कमा समावेश गरिएको हो ।

ययोसँगै जिल्लामा हालसम्म चार सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबारसम्म जिल्लामा दुई हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल र तिलोत्तमामा ३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्कमा छ  ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij