काठमाडौं -नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ९५१ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।यससँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
त्यस्तै, चौबीस घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३७० जनामा र ५ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११०२ जनामा गरि कुल ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।
त्यस्तै, सोहि अवधिमा ९२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार ९९० पुगेको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्