चितवन ।
स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्न र नगराउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्