नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखा द्धारा माक्स तथा खाद्यान्न वितरण

नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखा द्धारा माक्स तथा खाद्यान्न वितरण

बुटवल – नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखाको आयोजनामा स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रुपन्देही र बुटवल उपशाखा को संहयोगमा सो सामाग्री वितरण गरिएको हो । लगातार परेको अविरल वर्षाका कारण तिनाउ नदीको तटीय क्षेत्रमा बसोबास गदै आएका बाढी प्रभावितलाई सो सामाग्री प्रदान गरिएको हो । लगातारको वर्षाका कारण पवित्रनगर टोल विकास संस्था देविनगरका र सौभाग्य टोल विकास क्षेत्रमा बसोबास गदै आएका बाढी प्रभावित नागरिकलाई केही राहात होस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको हो । राहत वितरण कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखाका सभापति वेन बहादुर पौडेल क्षेत्रीले विपद्तको समयमा सदैव मानवीय सेवामा समर्पित हुदै आएको नेपाल रेडक्रश सोसाइटीले आप्त विपत्मा परेका बाढी पिडित नागरिकका लागि राहत लगायत विभिन्न संहयोग गरेको बताउदै आगामी दिनहरुमा पनि यस्ता किसिमका संहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखाले कपडा बैक समेत स्थापना गरेको हुदाँ कपडाहरु आवश्यक परे संहयोग गर्ने बताउनु भयो । त्यस्तै रेडक्रशकर्मी तथा राधाकृष्ण मन्दिर बुटवलका का बा अध्यक्ष अरुण कुमार श्रेष्ठले विगत १५ वर्ष देखि विभिन्न प्राकृतिक प्रकोप बाट प्रभावित नागरिकको कार्यमा समर्पित हुदै बताउनु भयो । यसैबीच नेपाल रेडक्रश सोसाइटी बुटवल उपशाखाले कोभिड १९ को संक्रमण बाट बच्न प्रगति मा. वि बुटवल ११ , इलाका प्रहरी कार्यालय बुटवल र टफिक प्रहरी कार्यालय लाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij