छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

कपिलवस्तु -भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे । आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन । बर्षायाममा शिवानगरकाे श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएकाे छ । मन्त्री पाण्डेयले पनि याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे मैले बनाईदिने प्रतिवद्धता गर्नुभएकाे छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जाेडेर बिकास कार्यलाई तिव्रता दिएकाे बताउनुभएकाे । उनले सुरई खाेलामा झाेलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जाेडियाे ,साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका गाउंलाई शहरसंग जाेड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल साे पुल निर्माण भईरहेकाे जानकारी गराए । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेष प्रताप शाह , प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वासाधारणकाे उपस्थित थियाे ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij