तिलोत्तमामा स्वयंसेवी रक्तदाताद्धारा रक्तदान :५१ युनिट रगत संकलन

तिलोत्तमामा स्वयंसेवी रक्तदाताद्धारा रक्तदान :५१ युनिट रगत संकलन

तिलोत्तमा-तिलोत्तमा ११ रामनगरमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार आकस्मिक रक्तदान भएको छ । कोभिड १९ को महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा ५१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको आयोजना एवं लुम्बिनी सामाजिक संस्था तिलोत्तमा ८ को सह(आयोजनामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष मुक्तिनारायण चौधरीले बोल्दै यस संस्थाले यसरी विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेर नयाँ रक्तदाताको खोजी गरिरहेको प्रति प्रशंसा गरे।

त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था निरन्तर लागिरहेको बताए । रगत नपाए बुटवल जानू भन्ने नाराका साथ जिल्ला शाखा अन्य जिल्लाहरुमा समेत पुगेर रक्तदान कार्यक्रम गरिरहेको र तिलोत्तमा शाखाले पनि आफ्नो नगरका विभिन्न वडामा रक्तदान सम्बन्धि जनचेतना फैलाउँदै अघि बढिरहेको बताए ।

कार्यक्रममा सल्लाहकार टेकबहादुर थापा, देवी वाग्ले, बेलप्रसाद शर्मा, अर्जुनप्रसाद पौडेल, तोयश्वर चौधरी लगायतले शुभकामना दिएका थिए ।
रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हो । रक्तदाता समाजको तिलोत्तमा नगर शाखा गठन पछि नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने कार्यक्रम अन्तर्गत आकस्मिक रुपमा दोस्रो कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष गोविन्द भुसालले बताए।
कार्यक्रम समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको संयोजकत्व एवम् सचिव प्रेमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij