काठमाडौं । गैरकानुनी रुपमा श्रीलङ्का पुर्याएर अलपत्र पारिएका २५ जना नेपाली महिलाको उद्धार गरी माइती नेपालले स्वदेश फर्काएको छ ।
दलालहरुले वैदेशिक रोजगारीका लागि भन्दै भारत हुँदै श्रीलङ्का पुर्याएका र त्यहाँ अध्यागमन उल्लङ्घनको मुद्दा खेपिरहेका २५ जना नेपाली महिलालाई बिहीबार स्वदेश फर्काइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।
लामो समय हिरासतमा बसी मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धी समस्या झेलेका उनीहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी एकलवास (क्वारेन्टिन) मा राखी परिवारसँग पुनःमिलन गराइने उनले बताए ।
नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले घटनाबारे शुक्ष्म अध्ययन गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : शनिबार, असार १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्