महासंघ र सञ्चार मन्त्रालयबीच छलफल

महासंघ र सञ्चार मन्त्रालयबीच छलफल

काठमाडौं । नेपाल पत्रकार महासंघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधानका लागि छलफल भएको छ ।

आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा भएको छलफलमा महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९बाट प्रभावित पत्रकारका लागि लेखनवृत्ति कोष स्थापन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, लोककल्याणकारी विज्ञापन भुक्तानीलाई सहज बनाउन, पत्रकारलाई निःशुल्क उपचार गर्ने सरकारको नीतिबारे कोही पत्रकार वञ्चित नहुने गरी कार्यविधि बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

छलफलमा अध्यक्ष पोखरेलले रेडियो नेपालमा बर्षाँैदेखि करारमा कार्यरत पत्रकार तथा कर्मचारीलाई सेवाबाट विमुख हुने गरी नियमावली बनेकोमा उनीहरुलाई बेरोजगार हुन नदिने गरी आवश्यक सम्बोधन गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले महासंघले उठाएको समस्या समाधान गर्न कतिपय विषयमा मन्त्रालयले कार्यविधि नियमावली बनाइरहेको जानकारी दिनुभयो । उहाँले कार्यविधिमा महासंघको सुझावलाई समेट्ने विश्वास पनि दिलाउनुभयो । छलफलमा महासंघका तर्फबाट सचिव सृजना अर्याल, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र लेखा समिति सदस्य मुकुन्द प्रसाद भण्डारी सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : बिहिबार, असार १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij