मनसुनजन्य विपत् : देशभर ४४ जनाको मृत्यु, ६० जना घाइते, २७ जना बेपत्ता

मनसुनजन्य विपत् : देशभर ४४ जनाको मृत्यु, ६० जना घाइते, २७ जना बेपत्ता

फाइल फोटो

काठमाडौं – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म देशभर ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको छ ।

बाढी पहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन् । तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र ४ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला, चितवन र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धार पश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढी पहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरीसमेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्कीलगायतका स्थानहरुमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण १ हजार ४ सय २८ वटा घर डुबानमा परेका छन् । ५ सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ४ सय ९६ वटा विपतका घटनाबाट १ हजार १ सय ५४ वटा घर परिवारका ५ हजार ३ सय ८५ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : बुधबार, असार २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij