काठमाडौं । नयाँ सरकारका चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बालकृष्ण खाँणले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानुन न्याय तथा संसदीय मामिला, जनार्दन शर्माले अर्थ‚ पम्फा भुसालले ऊर्जामन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
खाँण र कार्की कांग्रेसका तर्फबाट तथा शर्मा र भुसाल माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन् । शपथ ग्रहण समारोहमा खाँण र कार्की औपचारिक पोशाक दौरा सुरुवालमा उपस्थित थिए भने शर्माले सर्ट‚ पाइन्ट र भुसालले टिसर्ट‚ कोट र पाइन्टमा शपथ लिएका थिए ।
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्