काठमाण्डौ ।
नेकपा एमालेका नेताहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकतावद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र संविधानलाई सबल बनाउन सकिने उनको भनाइ छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्ने सबैको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी कमिटीका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाएको पार्टीका सचिव गोकर्ण विष्टले बताए ।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गएको असार २७ गते दश बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो । हिजो बसेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको दश बुँदे सहमति अनुुमोदन गरेको थियो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागी थियो ।
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्