काठमाडौं – सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (आइतबार) छुट्टाछुट्टै बस्दै छ ।
कांग्रेसको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा र माओवादी केन्द्रको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
दुवै पार्टीका संसदीय दलको बैठकमा आज बस्ने संघीय संसद्का दुवै सदनको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि विपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक भने शुक्रबार बसिसकेको छ ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्