काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु निर्वतमान प्रधानमन्त्री केपी ओलीको अहंकार र अत्याचारमा पिसिन बाध्य भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओेलीको अहंकारले नै आज देशलाई यहाँ पुयाएको दाबी गरे ।
उनले ओलीले झुट जालझेल र तिकडम गर्दा आफूले वाम एकता र गठबन्धनका लागि गरेको प्रस्तावप्रति नै पछुतो लागेको बताए । ओलीबाट लोकतान्त्रिक संस्कार कहिँ नदेखिएको उनले बताए । उनले देउवाको शपथ ग्रहण र आइतबार संसदमा ओलीले उपस्थित भएर धारणा नराख्नु अलोकन्त्रिक चरित्र भएको पनि आरोप लगाएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्