प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत

काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले संसदको दोस्रो पटक विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेपनि संसदले आफ्नो पूरा कार्यकाल कायम गर्ने भएको हो ।अदातलको संसद विघटन विरुद्धको फैसलासंगै प्रधानमन्त्रीमा देउवा चयन हुनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij