काडमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षा हुने जनाइएको छ।
सोमबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित मिति : सोमबार, साउन ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्