युवा उद्यमीहरुलाई खोप लगाइदिन माग

युवा उद्यमीहरुलाई खोप लगाइदिन माग

बुटवल
कोभिड १९ (कोरोना भाइरस) को कारण अहिले विश्व जगत आततायी बनिरहेको सबैमा सर्वविदितै छ । यस परिस्थितिको सामना गर्न विभिन्न राष्ट्रहरु कोभिड १९ विरुद्धको भ्याक्सीन (खोप) उत्पादन गरी वा अन्य देशहरुमा उत्पादीत भ्याक्सीन आयात गरी आफ्ना नागरीकहरुको जिवन रक्षामा तक्लीन रहेको यो अवस्थामा नेपाल सरकारले फ्रन्टलाईनरका रुपमा विभिन्न वर्गमा नागरिकलाई विभाजन गरेर खोपको व्यवस्था गरिरहदा सबैकार्यमा अग्रपन्तीमा रहेर काम गर्ने युवा उद्यामीहरुलाई कुनै पनि वर्गमा नराखेको विषय प्रति नेपाली यूवा उद्यामी मञ्च,रुपन्देही च्यापटरको गम्भीर ध्यानाकर्षन भनेर विज्ञप्ती निकालेको छ । निशेधाज्ञाको समयावधीमा समेत देशका नागरिकहरुलाई खाद्यान्न लगायत अन्य अत्याआवस्यक सामानको अभाव हुन नदिन सदैव लागि परेका युवा उद्यामीहरुका लागी राज्यले कुनै पनि वास्ता नगरेको युवा उद्यमी मंञ्च रुपन्देही च्यापप्टर अध्यक्ष प्रदिव शाक्य बताए । उद्योग र उद्यामीसिलता मार्फत रोजगारका अवसरहरु सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यमा हाम्रो संस्था सदैव तल्लीन रहेको यसरी देश विकाशको कर्णधारका रुपमा रहेका युवा उद्यामीहरुलाई उपेक्षा गरेर राज्य कदापि विकाशको गतिमा अगाडी बढ्न सक्दैन यो असहज परिस्थितिमा यूवा उद्यामीहरु एका तर्फ आफ्नै व्यवसाय निरन्तरताको अफ्टयारी परिस्थितिको सामाना गर्न बाध्य छन् भने आर्को तर्फ राज्यलाई कर तिरी राज्य संचालनमा सहजता प्रदान गरेता पनि राज्य द्वारा उपेक्षीत हुन परिरहेको अवस्था छ ।
यसर्थ यो सबै विधमान अवस्थालाई मध्यनजर गर्दै नेपाली यूवा उद्यामी मञ्च रुपन्देही च्याप्टरको तर्फबाट सबै यूवा उद्यामीहरुलाई यथासिघ कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न तथा यूवा उद्यामीहरुलाई लक्षीत गरी स्वास्थ सम्बन्धी कार्यक्रमहरु संचालन गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसख्या मन्त्री भोज प्रसाद श्रेष्ठ लाई ज्ञापन बुझाएको छ ।

प्रकाशित मिति : बुधबार, साउन ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij