गुल्मी -गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका-४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइँदैछ । दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।
दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्