बुटवल ।
लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्कबिहिनको खबर सार्वजनिक भएको तीन दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली शुक्रबार रातिबाट सम्पर्कबिहिन भएको अर्को खबर सार्वजनिक भएको छ । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरि गरि सम्पर्कबिहिन हुने घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार अपरान्हसम्म बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली ८ बजेतिरबाट सम्पर्कबिहिन भएकी माओवादी केन्द्रका सांसद आईपी खरेलले बताएका छन् । रातिको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयबासीलाई हवाला दिँदै सांसद खरेलले बताए ।
उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षडयन्त्र सफल नहुने बताए । ‘शंकरजीहरुले जबर्जस्ती आफ्नो पक्षमा तान्न खोज्दै हुनुहुन्छ, तर बिमला कुनै पनि हालतमा उता जानुहुन्न ।’ खरेलले भने ।
सम्पर्क बिहिनको खबर सार्वजनिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएपनि मोबाइल उठेन । नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजनिक भएकी थिईन् ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्